बाबुराम खट्दै, नयाँ शक्तिको आकार घट्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

बाबुराम खट्दै, नयाँ शक्तिको आकार घट्दै

Baburam-bhattrai-1

काठमाडौं, २० फागुन । डा. बाबुराम भट्टराईले उत्साही मुडमा नयाँ शक्ति बनाउने घोषणा गरेका थिए, साढे तीन वर्षअघि । ९ असोज ०७२ मा उनी तत्कालीन एकीकृत नेकपा (माओवादी) लाई ‘भत्किएको घर’ वा ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए । र, त्यसको ८ महिनापछि ३० जेठ ०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे ।

नयाँ शक्ति घोषणाको तीन वर्ष हुन लाग्यो । वैकल्पिक आन्दोलन निर्माण गर्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराई खटेको खट्यै छन् । तर, उनको शक्ति भेन घटेको घट्यै । सुरुमा उनलाई साथ र्दिका धेरै पूर्वमाओवादी सहायत्रीले एकएक गरी छाड्दै गएका छन् । पछिल्लो पटक उनले एक महिने जागरण यात्रा पनि सम्पन्न गरे । नयाँ शक्तिका नेता नवराज सुवेदी दाबी गर्छन्, ‘यो एक महिने यात्राले जनतासँगको सम्बन्ध थप बलियो बनाएको छ ।’

तर, राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको तत्काल कुनै प्रभावकारी भूमिका देखिने छाँट छैन । उल्टो, गएकै साता रसुवाको प्रदेश सांसदसमेत नेपाली कांग्रेसले लुछ्न खोज्यो । बाबुराम भने अझै थाकेका गलेका देखिनन् । भन्छन्, ‘वैकल्पिक राजनीतिको यात्रा लामो छ, नसक्नेहरु बीच बाटोमै छाड्छन् । यो कुनै नौलो कुरा होइन ।’ यो सामग्री नयाँ पत्रिकामा लेखेको छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);