अब प्रदेशमा लोकसेवा आयोग गठनको बाटो खुल्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८१, शुक्रबार

अब प्रदेशमा लोकसेवा आयोग गठनको बाटो खुल्ने

lok sewa aayog

काठमाडौं, २० फागुन । राष्ट्रिय सभाले प्रदेश लोकसेवा आयोग तीन सदस्यीय रहने व्यवस्था सहितको विधेयक पारित गरी प्रतिनिधि सभामा पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको विधेयकमा पनि यही प्रस्ताव थियो ।

राष्ट्रिय सभामै उत्पत्ति भएको विधेयकमा विधायन व्यवस्थापन समितिले लामो छलफलपछि प्रतिवेदन बुझाएको थियो । कतिपय सांसदले ५ सदस्यीय बनाउपर्ने भनी संशोधन हालेका थिए । उक्त संशोधन समितिबाटै अस्वीकृत भएको हो ।

संविधानको धारा २४४ ले प्रत्येक प्रदेशमा लोकसेवा आयोग रहने व्यवस्था गरेको छ । तर, आयोग गठनको आधार र मापदण्ड संघीय कानुनले निर्धारण गरे बमोजिम हुने भनिएको छ । विधेयक प्रतिनिधिसभाबाट पनि पारित भए प्रदेशमा लोकसेवा आयोग गठनको बाटो खुल्नेछ । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);