मन्त्री अधिकारी चढेको उडेको ३४ सेकेन्डमै दुर्घटना ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्री अधिकारी चढेको उडेको ३४ सेकेन्डमै दुर्घटना !

rabindra adhikari accident

ताप्लेजुङ, १८ फागुन । पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर पाथीभरा मन्दिरबाट उडेको ३४ सेकेन्डमै दुर्घटनामा परेको देखिएको छ। भिटु ट्र्याकर प्रविधिले त्यस्तो अवस्था देखाएको हो। भिटु ट्याकर भनेको हेलिकोप्टरमा रहेको जीपीएस डीभाइसको सहयतामा इन्टरनेटमार्फत हेलिकोप्टरका सबै गतिविधि नियाल्ने प्रविधि हो। यो प्रविधिका अनुसार हेलिकोप्टरले बुधबार १२ बजेर ३४ मिनेटमा पाथीभरा मन्दिरमा रहेको हेलिप्याडबाट भुँइ छाडेको देखिएको छ।

तेह्रथुमको आठराईबाट ११ बजेर ३० मिनेटमा पाथीभरातर्फ प्रस्थान गरेको हेलिकप्टर ११ बजेर ४९ मिनेटमा पाथीभरा मन्दिरको हेलिप्याडमा अवतरण भएको उक्त प्रविधिले देखाउँछ। तेह्रथुमको आठराईमा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश पोडारले राखेको उडान अभिलेखमा पनि तेह्रथुमको आठराईबाट ठीक ११ बजेर ३० मिनेटमा हेलिकप्टर उडान भएको उल्लेख छ।

भिटु ट्याकर र पोडारले हेलिकोप्टरबारे राखेको अभिलेख लगभग मिल्दो देखिएको छ। ‘भीआईपीको भ्रमण भएकाले काठमाडौंबाट उडान हुँदादेखि यहाँ ल्यान्ड भएको र यहाँबाट उडेसम्मको अभिलेख राखेको हुँु,’ प्रहरी निरीक्षक पोडारले बताए। यो प्रविधिका अनुसार मन्त्री अधिकारी सवार हेलिकोप्टर बुधबार बिहान ८ बजेर ३१ मिनेटमा काठमाडौंबाट तेह्रथुमको चुहानडाँडातर्फ उडेको हो। ९ बजेर ५४ मिनेटमा त्यहाँ अवतरण भएको छ। उडानको समय १ मिनेट फरक परेपनि पोडारले राखेको अभिलेख र भिटु ट्याकर प्रविधिले चुहाँनडाँडामा अवतरण भएको भएको समय समान देखिएको छ।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);