बाँझोपन के हो ? उपचार गरे सन्तान उत्पादन गर्न सकिने डा. नुतन शर्माको यस्तो सुझाव (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

बाँझोपन के हो ? उपचार गरे सन्तान उत्पादन गर्न सकिने डा. नुतन शर्माको यस्तो सुझाव (भिडियोसहित)

bajopan

काठमाडौं, १७ फागुन । नियमित रुपमा सुरक्षित यौन सम्पर्क गर्दा पनि गर्भ रहँदैन भने त्यस अवस्थाले बाँझोपनको अर्थ राख्छ । गर्भ राख्नका लागी जैविक रुपमा नै प्रजनन उमेरको कोही व्यक्ति असक्षम छ वा कोही महिला पुर्ण समय गर्भ राख्न असफल हुन्छ भने पनि बाँझोपन भएको भन्न सकिन्छ ।

विश्वका कर्यौं देशमा कुनै दम्पतीले १२ महिना गर्भनिरोध बिना नियमित यौन सम्पर्क गर्दा पनि गर्भ रहने भने त्यसलाई बाँझोपनका रुपमा परिभाषित गरिएको छ । अनुसन्धानहरुबाट स्पष्ट पारिए अनुसार बाँझोपनमा पति र पत्नी उतिकै जिम्मेवार हुन्छ । अर्कोतिर अमेरिकाको मेयो क्लिनिकले भनेको छ– बाँझोपनमा करिब २० प्रतिशतमा पुरुष दोषी हुन्छ ।

यसैगरी ४० देखि ५० प्रतिशत महिलासँग मात्र सम्बन्धित हुने र ३० देखि ४० प्रतिशत पुरुष र महिलादुवै दोषी पाइएका छन् तर बाँझोपनको धेरै जसो मामिलामा उपचार सम्भव छ । यस्तै बाँझोपनमा दम्पति मध्ये धेरैजसो घटना कुनै एक जनासँग मात्र सम्बन्धित हुन्छ ।

युरोप अमेरिका र विश्वका अन्य धेरै स्थानमा ८० प्रतिशत दम्पति गर्भ निरोधक प्रयो नगरेका एक वर्षभित्र गर्भ राख्न सफल हुन्छन् । बाँझोपन र बाँझोपन हो भनेर निराश भएका लागि सन्तान उत्पादन गर्ने बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले वरिष्ट स्त्री रोग तथा बाँझोपन विशेषज्ञ डाक्टर नुतन शर्मा संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);