ट्रम्पले चीनबाट आउने सामानको भन्सार शुल्क तत्कालै नलगाउने घोषणा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

ट्रम्पले चीनबाट आउने सामानको भन्सार शुल्क तत्कालै नलगाउने घोषणा

trump twit

काठमाडौं, १३ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनबाट आउने सामानमा लगाउने अतिरिक्त भन्सार शुल्क तत्कालै नलगाउने घोषणा गरेका छन् ।

अमेरिका र चीनबीचको व्यापार वार्ता फलदायी भइरहेको भन्दै राष्ट्रपति ट्रम्पले थप सामानमाथीको अतिरिक्त भन्सार बढाउने निर्णय तत्कालका लागि लागू नगर्ने बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत ट्रम्पले चीनसँगको व्यापार वार्तामा प्रगति भइरहेको उल्लेख गरेका छन् ।

उनले बौद्धिक सम्पती, प्रविधिलगायत विषयका वार्तामा प्रगति भइरहेकोले अतिरिक्त भन्सार शुल्कमा ढिलाई गरिएको जनाएका छन् । हाल १० प्रतिशत चिनियाँ समानहरुमा लगाइएको अतिरिक्त भन्सार शुल्क २५ प्रतिशतमा र्पुयाउने अमेरिकी योजनालाई चिनियाँ प्रतिनिधिहरुसँगको वार्तापछि स्थगित गरिएको हो ।