कोरम नपुगेपछि संसदीय सुनुवाई बिशेष समितिको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ११ २०८१, मंगलबार

कोरम नपुगेपछि संसदीय सुनुवाई बिशेष समितिको बैठक स्थगित

samsadiy sunuwai

काठमाडौं, १२ फागुन । कोरम नगुेपछि संसदीय सुनुवाइ विशेष समितिको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सांसदको कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठकमा मधेसी र थारु आयोगका प्रस्तावित अध्यक्षहरूको सुनुवाइ गर्ने कार्यसूची रहेको थियो । संवैधानिक परिषद्ले मधेसी आयोगमा विजयकुमार दत्त र थारु आयोगमा विष्णुप्रसाद चौधरीको नाम सिफारिस गरेको थियो ।

बैठक स्थगित भए संगै दुबै आयोगका अध्यक्षहरुको सुनुवाई पनि पर धकेलिएको छ । समितिमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसदहरुले भने सरकारले प्रमुख प्रतिपक्षीदलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा सम्बैधानिक परिषदले आयोगका अध्यक्षहरु सिफारिस गरेको भन्दै समितिको बैठक बहिष्कार गर्दे आएका छन । तर, आईतवार बोलाइएको बैठकमा समितिमा प्रतिनिधित्व गर्ने सत्तारुढ दलका सांसदहरुको नै उपस्थिति न्यून रहेपछि बैठक स्थगित भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);