चिकित्सक संघद्वारा ७२ घण्टे अल्टिमेटम, माग सम्बोधन नगरे सम्पूर्ण सेवा बहिस्कार गर्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

चिकित्सक संघद्वारा ७२ घण्टे अल्टिमेटम, माग सम्बोधन नगरे सम्पूर्ण सेवा बहिस्कार गर्ने चेतावनी

ALTIMATEM

काठमाडौं, १२ फागुन । आन्दोलनरत सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले सरकारलाई आफूहरुको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ ।

गेदानले विज्ञप्ती जारी गर्दै जनताको स्वास्थ्यलाई ध्यानमा राखी सरकारलाई समस्या समाधान गर्न ७२ घण्टे अल्टिमेटम दिएइको छ । त्यस्तै उक्त अल्टिमेटको समयमा प्रत्येक दिन बिहान १० देखि ११ बजे अस्पतालको प्राङ्गणमा विरोध तथा धर्ना दिने जनाएको छ ।

अल्टिमेटम मङ्गलबारबाट सकिने भएकोले उक्त समय भित्र सरकारले माग सम्बोधन नगरे आगामी बुधबारदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्नुका साथै संकलित सामुहिक राजीनामा सरकारलाई हस्तान्तरण गर्ने र सरकारले मनाउन लागेको स्वास्थ्य सेवा दिवस पनि बहिस्कार गर्ने गोदानले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);