मल खरिद गर्न सरकारले ३ अर्ब नदिए अभाव हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

मल खरिद गर्न सरकारले ३ अर्ब नदिए अभाव हुने

Urea-mal

काठमाडौं, १२ फागुन । कृषि सामग्री लिमिटेडले रासायनिक मल खरिद गर्न भन्दै सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेको छ । कम्पनीले रासायनिक मल आयात गर्न थप ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष किसानले रासायनिक मलको अभाव खेप्नुपर्ने भन्दै अर्थ मन्त्रालयसँग थप ३ अर्ब रुपैयाँ माग गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक अमरराज खैरले मन्त्रालयले तत्काल ३ अर्ब रुपैयाँ निकासा नगरे यो वर्ष पनि मलको अभाव हुने बताए । मन्त्रालयले यसअघि कम्पनीलाई अनुदान उपलब्ध गराइसकेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको तथ्यांकअनुसार वार्षिक ७ लाख टन मल खपत हुने देखिए पनि ३ लाख टन मात्रै आयात हुने गरेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक खैरले मलको मूल्य बढाउने सर्तमा मात्रै अर्थ मन्त्रालय रकम निकास गर्न तयारी भएको बताए । उनले मलको मूल्य बढाउने अवस्था नरहेको बेला मन्त्रालयले सर्त अगाडि सारेर मलको अभाव सिर्जना गर्न खोजेको आरोप पनि लगाए । भारतबाट आयात गर्ने रासायनिक मलको परिमाण नबढाएसम्म मलको अभाव हुन नसक्ने उनको भनाइ छ । यो समाचार कारोबारमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);