खेती योग्य जमिन बाँझो राख्नेलाई ३ लाखसम्म जरिवाना | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

खेती योग्य जमिन बाँझो राख्नेलाई ३ लाखसम्म जरिवाना

काठमाडौं, १० फागुन । सरकारले खेती योग्य जमिन बाँझो राख्नेलाई ३ लाखसम्म जरिवाना गर्ने कानुनी व्यवस्था गर्न लागेको छ । संघीय संसदमा पेश गरिएको ‘भू उपयोग विधेयक’ मा खेती योग्य जमिन बाँझो राख्नेलाई ३ लाखसम्म जरिवाना गर्न सकिने व्यवस्थासहितको कडा प्रावधान राखिएको हो ।

कृषि उत्पादन बढाउन सरकारले सो बाध्यकारी व्यवस्था ल्याउन लागेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पदमाकुमारी अर्यालले जानकारी दिइन् । शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कृषि योग्य जमिन बाँझो नराख्न किसानलाई अनुदान, औजार, बीउबीजन लगायतका आवश्यक सबै सामग्रीको व्यवस्था पनि गर्न लागिएको बताइन् ।

सरकारले कृषि योग्य जमिन बाँझो नराख्न आगामी ३ वर्ष जनचेतनामूलक कार्यक्रम संचालन गर्ने योजना पनि अघि सारेको छ । मन्त्री अर्यालले मातपोत तथा नापी विभागहरुमा हुने भ्रष्टाचार अन्त्यका लागि त्यहाँको सबै सेवा विद्युतीय प्रणालीबाट संचालन गर्ने महत्वकांक्षी योजना पनि घोषणा गरेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);