आधुनिक कृषिका लागि नेपाल सरकारको आफ्नै जमिन नहुँदा समस्या | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

आधुनिक कृषिका लागि नेपाल सरकारको आफ्नै जमिन नहुँदा समस्या

अर्घाखाँची, ९ फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले आधुनिक कृषिका लागि नेपाल सरकारको आफ्नै जमिन नहुँदा समस्या उत्पन्न भएको बताएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कृषि मन्त्री खनालले कृषिका लागि सरकारको आफ्नै जमिन नहुँदा आधुनिक कृषि विकास गर्न गाह्रो भएको बताएका हुन् ।

उनले विकसित मुलुकमा सरकारको नाममा जग्गा भएर कृषिको विकास भएको प्रसंग उल्लेख गर्दै नेपालमा लिजमा लिएर खेती गर्ने चलन नभएर कृषिको विकास गर्न गाह्रो भएको बताए ।

कृषिमन्त्री खनालले उदयपुरमा आधुनिक कृषिको सुरुवात गर्न सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । खनालले कृषि खेति गर्दा विषादी र मलको प्रयोग नगरी प्रांगारिक मलको प्रयोग मार्फत खेती गर्नुपर्नेमा समेत जोड दिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);