मन्त्रालयमा पानी व्यापारी र बिनामगरको गोप्य वार्ता हुन्छ, मेलम्ची अझै ४ वर्ष आउँदैन : गजेन्द्र ठाकुर (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

मन्त्रालयमा पानी व्यापारी र बिनामगरको गोप्य वार्ता हुन्छ, मेलम्ची अझै ४ वर्ष आउँदैन : गजेन्द्र ठाकुर (भिडियोसहित)

khanepani mantri binamagar, gajendra thakur, melamchi

काठमाडौं, ९ फागुन । यतिबेला खानेपानी मन्त्रालय चर्चामा रहेको छ । मन्त्रालयमा सचिवको रुपमा रहेका गजेन्द्रकुमार ठाकुरले एउटा महत्वपूर्ण कुरा उठाईदिए । मेलम्ची खानेपानी आयोजना काठमाडौँ उपत्यकाको लागि निकै महत्वपूर्ण कुरा हो र मेलम्ची आएपछि काठमाडौँमा पानीको समस्या समाधान हुन्छ भनेर आममानिसले अपेक्षा गरेका थिए । तर मन्त्रालयको सचिव र मन्त्रीबीच पहिले देखिनै फरक फरक मत देखिएको थियो । सचिवले भनेको मिति र मन्त्रीले भनेको मितिमा फरकपन आईनै रहेको थियो । दुवै व्यक्तित्वले भनेको समयमा मेलम्चीको पानी त आएन बरु आयोजनाको प्रमुख ठेकेदार इटालियन कम्पनी सीएमसीले काम छोडेर गएको छ । सीएमसीलाई नै फिर्ता ल्याउने वा अरुनै कम्पनीलाई ठेक्का दिने भन्ने विषय अहिले विवादको विषय बनेको छ । मेलम्चीसंग जोडिएको सचिव र मन्त्रीको भनाइमा फरकपन र जुहारी किन चलिरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले सचिव गजेन्द्रकुमार ठाकुरसंग गरेको कुराकानी हेर्नुहोस् : 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);