काठमाडौं, ९ फागुन । बंगलादेशको राजधानी ढाका स्थित एक भवनमा आगलागी हुँदा ७० जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् ।
राजधानीको पुरानो सहरको चोकमा रहेको भवनमा सबैभन्दा पहिला आगो लागेको थियो । सो भवनमा केमीकल भण्डारणको एक गोदाम समेत रहेको बताइएको छ । एउटामा आगो लागेपछि अर्को भवनमा पनि आगो सरेको थियो ।
गाडी नियन्त्रणका लागि अग्नि नियन्त्रण विभागका ३७ वटा गाडि घटनास्थलमा तत्कालै पुगेका थिए । अग्नी नियन्त्रण सेवाका महानिर्देशक अली अहमदले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएका छन् । आगो कसरी शुरु भयो भन्ने अहिले सम्म थाहा हुन सकेको छैन ।