निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

निर्मला प्रकरणले अन्तर्राष्ट्रिय तहमै अपमानः प्रधानमन्त्री ओली

pradhanmantri oli-

धनगढी, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त हत्या प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको अपमान भएको बताएका छन् । घटनाको गहिरो अनुसन्धान भइरहको जनाउँदै उनले हत्यारा पत्ता लगाएरै छाड्ने दाबी गरे ।

‘सम्पूर्ण प्रमाण नष्ट गरिएकाले अनुसन्धानमा ढिलाइ भएको हो, अनुमानका भरमा कसैलाई किटान गर्न भएन,’ सुदूरपश्चिम प्रदेशसभामा बुधबार सम्बोधन गर्दै ओलीले भने,‘ऋषिमुनिका सन्तान हामी, अहिले हाम्रै समाजमा बलात्कार जस्ता जघन्य अपराध हुने कुरा सहन नसकिने विषय हुन् ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।