काठमाडौं, ८ फागुन । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधिन भ्यू टावरको निर्माण कार्य ५ वर्षभित्रमा सम्पन्न गर्नु पर्ने छ । ३० वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गरीसकेपछि सो टावर महानगरपालिकालाई नै हस्तान्तरण गर्ने उल्लेख छ ।
तर निर्माणाधिन कम्पनीको काम भने महानगरपालिकालाई चित्त बुझिरहेको छैन । जग्गा उपभोग गरेबापत निर्माणाधिन जलेश्वर, स्वच्छन्द र विकोई विल्र्डसले काठमाडौं महानगरपालिकालाई कार्यादेश पाएको मितिले एक वर्षभित्र ९८ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ दिनुपर्ने थियो ।
यो रकम बार्षिक रुपमा बढ्दै जाने र २९ वर्षसम्म निमार्ण कम्पनीले महानगरपालिकालाई वार्षिक ३ करोड ९० लाख १४ हजार ६ सय ६३ दिनुपर्ने उल्लेख छ ।
सम्झौता अनुरुप काम अघि नबढ्नुमा महानगरपालिका र निमार्णपक्ष दुबैको कमिकमजोरी देखिएको छ । अत्याधुनिक सुविधा सहितको भ्यु टावर भनिएको छ तर हालसम्म निमार्ण भएको पुर्वाधार गुणस्तरीय छ कि छैन भनेर अनुगमन पनि गरिएको छैन ।
सम्झौतामा महानगरपालिकाले प्राविधिक संयन्त्र बनाएर चेकजाँच गर्ने भनेर उल्लेख गरेको छ तर हालसम्म कुनै संयन्त्रले चेकजाँच गरेको छैन । यसले गर्दा पनि यसको गुणस्तरीयतामा प्रश्न उठाउने कोहि देखिएको छैन । जसले गर्दा काठमाडौंको पुरानो वसपार्कमा निर्माणाधिन यस ‘भ्यू टावर’ महानगर र निर्माण कम्पनीबीच पशुपती शर्माकाे बहुचर्चित गीत ‘लुट कान्छा लुट’सँग मेल खाने कतिपयको बुझाइ छ ।




