धनगढी, ४ फागुन । धनगढीमा जारी तेस्रो धनगढी प्रमियर लिग अन्तर्गत शनिबार हुने भनिएका दुबै खेल बर्षाका कारण रद्द भएका छन् । शनिबार हुने भनिएको पहिलो खेल काठमाडौं गोल्डेन्स र विराटनगर किंग्स तथा दोश्रो महेन्द्रनगर युनाइटेड र धनगढी स्टारको खेल रद्द भएको हो ।
शुक्रबार राति परेको बर्षाले मैदान हिलाम्मे भएपछि खेल रद्द भएको हो । खेल रद्द भएपछी चार वटै टीमले १–१ अंक बाँडेका छन् । प्रतियोगीतामा काठमाडौं ५ अंक सहित शीर्ष स्थानमा पुगेको छ ।
विराटनगर, रुपन्देही र अत्तरीयाको समान ४ अंक रहेको छ । शनिवारको खेल रद्ध भएसंगै एक अंकका साथमा अंक तालिकाको पुछारमा रहेको धनगढी प्रतियोगिताबाट बाहरिएको छ ।