सरकारद्धारा जलबिद्युत आयोजना कार्यक्रम सुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

सरकारद्धारा जलबिद्युत आयोजना कार्यक्रम सुरु

panijahaj udghatan

काठमाडौं, २ फागुन । नेपालको पानी जनताको लगानी हरेक नेपाली विद्युत्को शेयरधनी भन्ने नाराका साथ सरकारले जनताको जलविद्युत् आयोजना कार्यक्रम सुरु गरेको छ । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विहिबार राजधानीमा विशेष कार्यक्रम गरि जनताको जलविद्युत् आयोजना कार्यक्रमको शुभारम्भ गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशिल क्षेत्रमा लगानी बढाउन सवैलाई आव्हान गरे । नेपालले जलविद्युत्को क्षेत्रमा प्रचुर संभावना बोकेकाले यस क्षेत्रमा लगानी वृद्धि गरि आफुलाई सम्पन्नशाली बनाउन पनि उनले सबैलाई आग्रह गरे ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले उर्जा बर्ष घोषणा गर्ने लक्ष सहित सरकारले लिएको नीति अनुसार जनताको जलविद्युत् आयोजनाको शुभारम्भ गरिएको बताए ।

आयोजना अन्र्तगत सरकारले ३ हजार ७ सय ७९ मेघावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ । उक्त आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर र प्रभावित क्षेत्रका जनताको १० प्रतिशत शेयर रहने गरि कानुनी व्यवस्था मिलाईएको छ । आयोजना अन्तर्गत ३ हजार ७ सय ८९ मेघावाट क्षमताको १९ वटा ललविद्युत आयोजना निर्माणका लागि करिव ६ खर्व बजेट लाग्ने अनुमान गरिएको छ ।