कांग्रेसका जनप्रतिनिधिले गरे नगरसभा बहिस्कार | ईमाउण्टेन समाचार

Our Network

मंसिर १५ २०८१, शनिबार

कांग्रेसका जनप्रतिनिधिले गरे नगरसभा बहिस्कार

कञ्चनपुर, २६ माघ । नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले कञ्चनपुरको भिमदत्त नगरपालिकाको चांैथो नगरसभा बहिस्कार गरेका छन् । शनिबार हुने भनिएकोे भिमदत्त नगरपालिकाको चाैंथो नगरसभा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेपछि नगरसभा नै हुन सकेन ।

नगरसभाको कार्यविधि पहिल्यै उपलव्ध नगराइएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले कञ्चनपुरको भिमदत्त नगरपालिकाको चौंथो नगरसभा बहिस्कार गरेका हुन् । नगरसभामा कांग्रेकातर्फबाट ३९ जना जनप्रतिनिधि छन् । ६ महिनामा हुनुपर्ने नगरसभा सात महिनापछि हुन लागेको थियो ।

४८ घण्टा भित्र नगरसभाको कार्यविधि दिईसक्नुपर्ने प्रावधान भएपनि कार्यविधि नदिएकाले नगरसभा अवरुद्ध गरेको कांग्रेसका जनप्रतिनिधि बताउँछन् । त्यस्तै वडा न. १९ कि महिला सदस्य सन्तोषी ऐरीले आफुहरुलाई अलमलमा राखेर यसअघिका नगरसभा पास गर्ने गरेकोले पनि बहिस्कार गर्नु परेको बताइन् ।

यता, भिमदत्त नगरपालिका ४ का वडा सदस्य ईश्वरी दत्त जोशीले कानुन सम्मत तरिकाले नगरसभा सञ्चालन नभएका कारणले नगरसभा बहिस्कार गर्नुपरेको बताए । यसरी सत्ता पक्ष र प्रतिपक्षबीच विवाद बढ्दा नगरसभाले पारित गर्ने विकास कार्यक्रम नै प्रभावित भई विकास आयोजना प्रभावित हुने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);