अमेरिकाले पठाएको मानवीय सहायता भेनेजुयलाले सीमा क्षेत्रमै राेकिदियाे | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

अमेरिकाले पठाएको मानवीय सहायता भेनेजुयलाले सीमा क्षेत्रमै राेकिदियाे

एजेन्सी, २६ माघ । गत जनवरी २३ मा दक्षिण अमेरिकी देश भेजेजुयलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरोका विरुद्ध प्रमुख प्रतिपक्ष दलका नेता गुएडोले आफू भेनेजुएलाको अन्तरिम राष्ट्रपति भएको घोषणा गरेसँगै अहिले भेनुजुएला राजनैतिक संकटले गुज्रिएको छ ।

भेनेजुयलामा अमेरिकाले मानवीय सहायता उपलव्ध गराएको भएपनि ति सामाग्री बोकेका लरीहरु भेनेजुयला पुग्न सकेका छैनन । लामो समयदेखि भेनेजुयलामा जारी सरकार विरोधी प्रदर्शनका कारण त्यहाको जनजिवन प्रभावित भएको छ ।

खाद्यान्न, औषधी लगाएतको संकटका कारण त्यहाका लाखौं मानिसहरु भेनेजुयलाबाट पलाएन भएका छन् । भेनेजुयलाका विपक्षी नेता गोइदोलाई समर्थन गर्दै आएको अमेरिकाले त्यहाँ भैरहेको खाद्यान्न अभाव लगाएतका समस्याको समाधान गर्न भन्दै मानवीय सहायता उपलव्ध गराउने घोषणा गरेको थियो ।

त्यहाँका वर्तमान राष्ट्रपति निकोलस मादुरो विरुद्ध कडा रुपमा प्रस्तुत भएको अमेरिकाले उपलव्ध गराएका सामाग्रीहरु स्विकार नगर्ने घोषणा गरेको भेनेजुयाली सरकारले अमेरिकाले उपलब्ध गराएको मानवीयता सहायता बोकेका लरीहरु कोलम्बियाको सीमामै रोकिदिएको छ ।

अमेरिकाले उपलब्ध गराएको खाद्यान्न र औषधि बोकेका लरीहरु कोलम्बिया सुरक्षाकर्मीले स्कर्टिङ गरेर सीमा क्षेत्रमा पु¥याएका हुन् । भेनेजुएलाका अधिकारीहरुले अमेरिकाले पठाएको मानवीय सहायता अस्वीकार गर्दै ती लरीलाई सीमा क्षेत्रमै रोकिदिएका छन् ।

अमेरिकी सहायता सामाग्री बोकेका लरी प्रवेश गर्न नसकून् भन्ने उद्देश्यले मुख्य मार्गमा सेनाले कन्टेनर राखेर सडक अवरोध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ठूलो मात्रामा मानवीय सहायता बोकेका लरीहरु अहिले सीमा क्षेत्रमै रोकेर राखिएको बताइएको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस् मादुरोले अमेरिकी सहायता अस्वीकार गर्ने घोषणा गरेपछि ती सामग्री सीमामै रोकिएको हो । सीमामा पु¥याइएको मानवीय सहायता कसरी वितरण गर्ने भन्नेमा अन्योल छ ।

भेनेजुएलाको सेनाले समेत समर्थन गरिरहेका राष्ट्रपति मादुरोले सहयोग अस्वीकार गर्ने घोषणा गरेपछि सामग्री वितरण गर्नेमा अन्योल देखिएको हो । अमेरिकाले भने विपक्षी नेता तथा आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका गुइडोको आग्रह अनुसार नै सहायता उपलब्ध गराएको जनाएको छ ।

विपक्षी नेता गुइडोले भेनेजुएलाका कयौं नागरिकको अवस्था दयनीय भएकाले अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरेका थिए । आफूलाई अन्तरिम राष्ट्रपतिमा घोषणा गरेका गुइडोलाई अमेरिकासहित ४० भन्दा बढी देशको समर्थन छ ।

भेनेजुयलामा लामो समयदेखि जारी रहेको प्रदर्शनका कारण त्यहाँ दैनिक उपभोग्य सामाग्रीहरुको अभाव हुँदै गएको छ भने औषधिको समेत अभाव रहेको बताइएको छ । दिनहुँजसो हुँदै आएको प्रदर्शनका कारण जनजिवन प्रभावित हुँदै जाँदा त्यहाँका विपक्षी नेताको आग्रहमा अमेरिका लगाएतका देशहरुले मानवीय सहायता उपलव्ध गराउने घोषणा गरेका थिए ।

तर त्यस्ता सामाग्रीहरु भेनेजुयला पुग्न सकेको छैन । भेनेजुयलाका विषयमा विश्वका शक्ति राष्ट्रहरु त्यहाँको सरकार र विपक्षी नेताका पक्षमा विभाजित हुँदा त्यहाँ मानवीय सहायता पु¥याउन समेत कठिनाई हुँदै आएको छ ।

अमेरिका लगायत बेलायत, फ्रान्स, युरोपियन युनियन लगायत ल्याटिन अमेरिकी देशहरूले विपक्षी नेता गुएडो भेनेजुएलाको आधिकारिक राष्ट्रपतिको मान्यता दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले चेतावनी दिँदै वर्तमान राष्ट्रपति मदुरोलाई शान्तिपूर्ण तवरले राजनैतिक समाधान खोज्न अन्यथा आफूसँग “सैनिक हस्तक्षेपको“ विकल्प सुरक्षित रहेको धम्कीपूर्ण सन्देश दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको उक्त धम्की लगत्तै चीन र रसियाले पनि खुलेर नै राष्ट्रपति मदुरोको समर्थन गरेका छन् । त्यस कारण, भेनेजुएलाको राजनैतिक सङ्कटको गहिराई सोचेभन्दा निकै गहिरिने प्रस्ट देखिन्छ । तर राजनैतिक चपेटाको चेपुवामा सर्वसाधारण जनताहरू नराम्रोसँग पिल्सिएका छन् ।

रशियाली राष्ट्रपति भ्लादिमिर पुटिनले त मदुरोलाई टेलिफोन गरी आफू भेनेजुएलाको पक्षमा रहेको बताएका छन् । साथै उनले भेनेजुएलामा उत्पन्न सङ्कट बाहिरी मुलुकको उक्साहटमा भएको बताएका छन् ।

भेनेजुएलालाई सबैभन्दा बढी ऋण उपलब्ध गराउँदै आएको चीनले पनि बाह्य शक्तिले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेकोप्रति आपत्ति जनाउँदै रुस पछि आफ्नो समर्थन जनाएको छ ।

तर अहिले भेनेजुएलाको आर्थिक अवस्था भने भयाभह छ । विश्व बैङ्कका अनुसार सन् २०१५ मा कुल गार्हस्थ उत्पादन ६ प्रतिशतले घटेको थियो । २०१६ मा त्यो संख्या बढेर १६ प्रतिशतले पुगेको थियो । सन् २०१७ र २०१८ मा १४ प्रतिशतले घटेको थियो ।

मदुरो सत्तामा आएको वर्ष सन् २०१३ मा मुद्रास्फिर्ति दर ४३ प्रतिशत बढ्न गयो भने सन् २०१८ मा एक लाख प्रतिशत भन्दा बढी नाघेको छ । महँगीले आकाश छोएको छ । र लाखौँ मानिसहरू पलायन भएर बाहिर जाने क्रम ह्वात्तै बढेको छ । दैनिक जसो हिंसात्मक झडपले भेनेजुएला अहिले विक्षिप्त बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);