बिचौलियाको पक्षमा कृषि मन्त्रालयले काम गरेको भन्दै खारेजीको माग | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

बिचौलियाको पक्षमा कृषि मन्त्रालयले काम गरेको भन्दै खारेजीको माग

काठमाडौं, २५ माघ । नेकपाका सांसद हृदेश त्रिपाठीले कृषि मन्त्रालयले किसानको हितमा काम नगरेको भन्दै खारेजीको माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले किसानको पक्षमा नभई विचौलियाको पक्षमा मन्त्रालयले काम गर्दै आएको दाबी गर्दै खारेजीको माग गरेका हुन् ।

२०३४ साल देखि अहिलेसम्म भएको कुल कृषि लगानीमा किसानमाथि जम्मा १८ प्रतिशत र किसानको नाममा विभिन्न तामझाममा ८२ प्रतिशत खर्च भएको भन्दै उनले कृषि मन्त्रालयको कार्यशैलीमा प्रश्न गरे ।

उनले भने “किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ । यो पनि बिचौलियाकै पक्षमा काम गर्ने रैछ ।” आफुले पटक पटक उखु किसानको समस्याबारे कुरा उठाएको तर सरकारले नसुनेको भन्दै उनले भने “जसलाई लाज लाग्नुपर्ने हो उसलाई लाज नलागेकाले मलाई पुन लाज नमानीकन भन्दै छु ।”

जुनसुकै सरकार आएपनि सबै सरकारबाट किसानहरु उपेक्षित हँुदै आएको र विचौलियाहरु मालामाल हुने गरेको भन्दै उनले सरकारले उखुको मुल्य तोकेपनि मिलहरुले अहिलेसम्म किसानलाई दिन नसकेको तर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले कृषि मन्त्रालयको जटिल सर्कुलेशनको कारणले २५ देखि ३० प्रतिशत किसानले मात्रै गत बर्षको उखुको मुल्य पाएको तर यसबर्षको भने बाँकी नै रहेको बताए । उनले चिनी मिलहरु ढेडमहिनासम्म संचालन नहुँदा गत बर्ष कै उखुको मुल्य किसानले नपाउँदा पनि सरकार भने निरिह र लाचार भएर बसेको आरोप लगाए ।

उनले चिनी उत्पादनका लागि मिल ढिलो चलेको हुनाले जेठ असार तिर चिनिको संकट उत्पन्न हुने उद्घोष गरे । उनले चिनी अभाव भएपछि फेरी चिनी आयातको लागि विचौलियाहरुको चलखेल बढ्ने दाबी गरे ।

सरकार र उद्योगीले आ आफ्नो हितमा किसानलाई सधै बलि दिने गरेको उनको आरोप छ । उनले भने “देवीले बाघ भालुको बलि मागेको छैन । देवीले माग्ने भनेको निर्वलको बली हो । व्यापारी, उद्योगपति, चिनी उद्योगपति र सरकारको लडाईमा बलि चढे उखु किसानहरु । र यी तीनवटैले बलि दिए किसानलाई ।”

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);