काठमाडौं, २५ माघ । काठमाडौंको भृकुटीमण्डवमा ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु भएको छ । शुक्रबार सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले एक कार्यक्रमकाबीच निर्माण सामग्रीहरुको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी’ को उद्घाटन गरेका हुन् ।
निर्माण सामग्रीहरुबारे एकैथलोमा विस्तृत जानकारी दिने उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीका संयोजक सृजल भट्टराईले जानकारी दिए । ३ दिनसम्म चल्ने प्रदर्शनीमा ७० वटा स्वदेशी र ७० वटा विदेशी कम्पनीहरुले स्टल राखेका छन् ।
निर्माणसम्बन्धि नयाँ–नयाँ प्रविधिबारे प्रदर्शनीमा जानकारी लिने व्यवस्था पनि गरिएको छ । निःशुल्क प्रवेश गर्न पाउने प्रदर्शनीमा घर बनाईरहेकाहरुलाई आवश्यक ढोका, झ्याल, टवाईलेटका आवश्यक सामग्रीहरु विशेष छुटका साथ पाउने व्यवस्था पनि गरिएको संयोजक भट्टराईले बताए ।
पुनर्निर्माणको अभियानमा सघाउ पु-याउन पनि उपयोगी हुने गरी आयोजना गरिएको प्रदर्शनीमा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।