सरस्वतीको मूर्ति बनाउन मूर्तिकारलाई भ्याई नभ्याई | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

सरस्वतीको मूर्ति बनाउन मूर्तिकारलाई भ्याई नभ्याई

saraswoti ko murti

शौरभ यादब
सप्तरी, २४ माघ
  । बसन्त पञ्चमी नजिकिएसंगै सप्तरीका मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन व्यस्त भएका छन् । ज्ञानको देवीको रुपमा सरस्वतीलाई पूजाअर्चना गर्ने भएकोले मूर्तिको माग बढेपछि मूर्तिकारहरु अहिले व्यस्त भएका हुन् ।

नेपालमा बसन्त पञ्चमीका दिन सरस्वती मन्दिरहरुमा पुजा गर्नुका साथै शैक्षिक संस्था तथा गाँउगाँउमा सरस्वतीको मुर्ति स्थापना नै गर्ने प्रचलन रहेको छ । बसन्त पञ्चमी नजिकिएसंगै सप्तरीका मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन अहिले व्यस्त भएका छन् ।

सरस्वतीलाई ज्ञानको देवीको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ । पुसको पहिलो सातादेखि नै मुर्ति निर्माणमा मुर्तिकारहरुलाई भ्याइ नभ्याई छ । सप्तरीका मुर्तिकारहरु मध्ये पनि अरुण मुखिया अलि धेरै नै व्यस्त छन् ।

पृथक कलाकारिताका कारण अरुणले बनाउने मूर्तिको माग अन्यको तुलनामा बढी छ । अरुणले बनाउने मूर्तिमा बंगाली कलाकारिताको प्रभाव छ । दस पन्ध्र बर्ष अघिसम्म सप्तरीमा बगांली कलाकारहरु एक दुई महिना सप्तरीमा बसेर माग अनुसारको मुर्ति बनाएर फर्किन्थे । तिनै मध्येका तापस पाल भन्ने मुर्तिकारसगँ अरुणले यो कलाकारीता सिकेका थिए ।

यो समयमा मुर्तिको धेरै माग आएपनि बर्षको बाँकी समयमा त्यति आम्दानी नहुने उनी बताउँछन् । यो बाहेक अरु कुनै सीप नभएकाले आम्दानीका लागि अन्य पेशा अपनाउन नसकिने उनको बाध्यता छ । सरकारले सहुलियत ब्याजमा ऋण र सामानको बजारीकरणमा सहयोग गरे कलाकारहरुको जीवन सहज हुने उनको बुझाइ छ ।

सप्तरी जिल्लाको तोपा, कञ्चनरुप, रुपनी, हनुमान नगर, भारदह, कल्याणपुर र सदरमुकाम तेतरीगाछी, राजविराज, रुपनी मोड लगायतका स्थानमा सरस्वतीको मुर्ति बन्ने गर्दछ ।