काठमाडौं, २४ माघ । नेपालको राजनीति अहिले दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको संदर्भमा नेपाल कम्युनिष्ट पार्टीले जारी गरेको वक्तव्यको कारण निकै धेरै चर्चामा रहेको छ । भेनेजुएलाको संदर्भमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वक्तव्य आयो र त्यसपछि त्यो वक्तव्यलाई नेपाल कम्युनिष्ट पार्टीले अनुमोदन गर्यो । यही घटनाक्रमको सेरोफेरोमा रहेर नेपालको राजनीति अहिले तरंगित भएको छ । यो तरंगित हुनुको मूल कारण के हो ? वक्तव्यमा त्यस्तो के कुरा रहेको छ ? नेकपा क्रान्तिकारी रहेन भनेर केहि वरिष्ठ नेताहरुले अलग राजनीतिक दल गठन गरेका थिए । आजको मितिमा नेकपा जसको नेतृत्व केपी ओली र प्रचण्डले गरिरहेका छन्, अब त्यो पार्टी क्रान्तिकारी रह्यो कि रहेन ? त्यो पार्टीले संचालन गरिरहेको सरकारले क्रान्तिकारी कदम र फड्को मारी रहेको छ कि छैन ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सी.पी. गजुरेलसँग गरेको कुराकानी हेर्नुहोस् :




