काठमाडौं, २१ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकलाई समृद्ध बनाउन ‘थिंक टयाङ्क’को जरुरी रहेको बताएका छन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति पुनले जनतालाई सुःखी र समृद्ध बनाउन उनीहरुको श्रम र विवेकलाई प्रविधिसँग जोडेर अघि बढनुको विकल्प नरहेको उल्लेख गरे । उनले मुलुकको समृद्धिका लागि सही नीति र सही सूचनाको पनि आवश्यक्तामा जोड दिए ।
उपराष्ट्रपति पुनले सही नीतिको सफल कार्यान्वयन भएपछि मात्रै मुलुकमा समृद्ध छाउने बताए । उनले जनतालाई सचेत गराउन सही सूचना सम्प्रेषण गर्न पनि संचार माध्यामहरुको ध्यानाकर्षण गराए ।