राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित

Ganeshtimilsina

काठमाडौं, २० माघ । राष्ट्रियसभाले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोश्रो संशोधन) विधेयक २०७५ सर्वसम्मति पारित गरेको छ ।

समय अभावको कारण देखाउँदै नियम निलम्बन गरेर विधेयक आईतबार नै पारित गरेको हो । विधेयक पारित गर्नका लागि आईतबार ३ वटा बैठक बसेका थिए । सरकारको तर्फबाट पहिलो बैठकमा टेबल भएको विधेयकलाई नियम निलम्बन गरेर आजै बसेको तेश्रो बैठकले सर्वसम्मति पारित गरेको हो ।

विधेयकमा संशोधनको सूचनामा रहेको ७२ घण्टाको प्रावधानलाई नियम निलम्बन गरि आजै २ बजेर ४५ मिनेट सम्मको समय तोकिएको थियो । विधेयकमाथि कुनै पनि संशोधन प्रस्ताव नपरेपछि तेश्रो बैठकले विधेयक सर्वसम्मति पारित गरेको हो ।

विधेयकमा २०७५ चैत्र मसान्त भित्र काम सक्ने गरि दुवै आयोगको समय थप गरिएको छ । थप गरिएको समयमा पनि काम सकिएन भने सोही मितिमा आयोगका पदाधिकारीको म्याद पनि सकिने तर आयोग जिवितै राख्ने प्रावधान सहित विधेयकमा संशोधन गरिएको छ ।

वेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद माघ २६ गतेसम्मका लागि मात्रै थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);