काठमाडौं, २० माघ । सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोश्रो संशोधन) विधेयक २०७५ लाई राष्ट्रियसभा बैठकमा पेस गरेको छ ।
राष्ट्रियसभाको आईतबार बसेको बैठकमा सरकारका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधेयक पेश गर्नुभएको हो । विधेयक पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सुचना परेको थिएन ।