असार देखि पुस मसान्तसम्म काठमाडौंमा ४७ जना पैदल यात्रुको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

असार देखि पुस मसान्तसम्म काठमाडौंमा ४७ जना पैदल यात्रुको मृत्यु

accident

काठमाडौं, १९ माघ । असार देखि पुस मसान्तसम्म काठमाडौंमा ४७ जना पैदल यात्रुको मृत्यु भएको छ । कतिपय पैदलयात्रुको आफ्नै कमजोरीका कारण मृत्यु भएको छ भने कतिपयको सवारी चालकको कमजोरीको कारण मृत्यु भएको छ ।

कतिपय पैदल यात्रु जेब्रा क्रसिङको प्रयोग गर्दा गर्दै सवारीको ठक्करबाट ज्यान गएको छ । सडक वारपार गर्न पैदालयात्रुको सहजताका लागि बनाइएका जेब्रा क्रसिङ मा नै पैदल यात्रु असुरक्षित बनेका छन् ।

सरकारले सडक विस्तारलाई मात्र प्राथमिकतामा राखेर बाँकी मापदण्डमा ख्याल नगर्दा पैदलयात्रुको मृत्यु बढेको हो । सडकमा चालकले सबारी साधनको गति जेब्रा क्रसिङमा समेत नघटाउँदा दुर्घटना बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले बताए । पन्तले सवारीचालक जिम्मेबार नबन्दा दुर्घटना बढेको भन्दै जेब्रा क्रसिङ पनि पर्याप्त मात्रामा नभएको उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);