काठमाडौं, १७ माघ । टी-२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्रै बनायाे ।
नेपालका लागि सन्दीप जोराले सर्वाधिक ५३ रन बनाए । उनले ४६ बलमा तीन चौका र एक छक्काको मद्दतमा ५३ रन बनाए । अन्य ब्याट्सम्यान आजको खेलमा त्यति चम्कन सकेनन् । सोमपाल कामीले २७ रन बनाए भने कप्तान पारस खड्काले २५ रन बनाए ।