सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढ्यो

gold and silver

काठमाडौं, १६ माघ । सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

मंगलबार तोलामा एक सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ७ सय रुपैयाँ बढेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएकाले नेपाली बजारमा सुन महंगो भएको हो ।

यस्तै चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);