काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्षीय राजनीतिक दल नेपाली काँग्रेसले संसद र सडकमा कडा रुपमा प्रस्तुत हुन्छौ भनेर भनिरहेको छ । उसले चिकित्सा शिक्षा विधेयकको संदर्भमा सदनमा आफ्नो उपस्थिति देखाएको छ, विरोध गरेको छ र त्यही मुद्दालाई लिएर अब सडकमा जान्छौ भनेको छ । विपक्षी दलले अन्तरिक रुपमा बढी छलफल गर्न थालेको छ । काँग्रेसले वास्तवमै हिजोको जस्तो पार्टी एक ढिक्का नभएको र साझा मत तय गर्न नसकेको भन्ने कुरालाई सच्चाउन खोजेको हो भन्ने प्रश्न उठेको छ । यसले हिजोको दिनमा काँग्रेसको गिरेको साख उठाउन मद्धत गर्छ ? चुनावको बेला देखिनै काँग्रेसले भन्दै आएको, सरकार अधिनायकबाधी शैलीमा अघि बढ्न खोज्दै छ भन्ने कुरामा नेपाली काँग्रेस अडिक देखिन्छ ? अथवा उसले भनेको कुरा मिलिरहेको छ ? नेपाली काँग्रेस प्रतिको धारणा र काँग्रेसले अरु राजनीतिकदलहरु प्रति बनाएको धारणा कस्तो छ ? वास्तविक प्रतिपक्ष को हो ? के काँग्रेस सच्चिएकै हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राजनीतिक विश्लेषक पुरञ्जन आचार्यसँग गरेको कुराकानी हेर्नुहोस् :
अहिले खास प्रतिपक्ष भीम रावल र डा.केसी हुन, कांग्रेस होइन : पुरञ्जन आचार्य (भिडियोसहित)
ताजा समाचार
बैंक सबल र प्रभावकारी हुनुपर्छ,अर्थमन्त्री
११ घन्टा अघि