एसियन कप फुटबल : कतारद्वारा युएइ पराजित | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

एसियन कप फुटबल : कतारद्वारा युएइ पराजित

qatar

काठमाडौं, १६ माघ । आयोजक युनाईटेड अरब ईमिरेट्स युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलराति भएको दोस्रो सेमिफाइनलमा आयोजक युएईलाई ४–० गोलअन्तरले पराजित गर्दै कतारले फाइनलमा जापानसँग प्रतिस्पर्धा गर्ने भएको हो । कतारको जितमा बोउलम खोउखी, अल्मोइज अली, हसन अल हेदोस र हामिद स्माइलले गोल गरेका थिए । मोहमद बिन जायद स्टेडियममा कतारसामु घरेली टोली यूएई स्तब्ध बन्यो । युएईले कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन । खोउखीले २२ औं मिनेटमा नै गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए ।

त्यस्तै, ३७ औं मिनेटमा अलीले गोल गर्दै कतारलाई दोब्बर अग्रता दिलाएका थिए । पहिलो हाफमा २–० गोलले अघि रहेको कतारले दोस्रो हाफमा पनि थप दुई गोल गर्न सफल भयो । कतारका लागि खेलको ८० औं मिनेटमा हदोसले गोल गर्दै ३–० को अग्रता दिलाएका थिए । अतिरिक्त समयमा स्माइलले गोल गर्दै कतारलाई ४–० गोलको जित दिलाए । सोमबार भएको पहिलो सेमिफाइनलमा जापानले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । अब उपाधिका लागि जापान र कतारबीचको खेल फेब्रुअरी १ तारिखमा हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);