अब, डा. केसी अनशन बस्नु जरुरी छैन | ईमाउण्टेन समाचार

Our Network

फागुन १० २०८२, सोमबार

अब, डा. केसी अनशन बस्नु जरुरी छैन

girirajmani pokharel

काठमाडौं, १४ माघ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित हुनु ठुलो उपलब्त्रि भएको बताउनु भएको छ ।

मन्त्री पोखरेलले चिकित्सा शिक्षा विधयेक संसदबाट विधि र प्रकृयाका आधारमा पारित भइसकेकाले डा. गोविन्द केसीले अनशन बस्नु जरुरी नभएको धारणा पनि व्यक्त गर्नुभयो । ‘पारित विधेयकको विरोध गर्नुभन्दा स्वीकार गर्दै कार्यान्वयनमा जानुपर्छ’ पोखरेलले भन्नुभयो, ‘विधेयकमा कमीकमजोरी छने भने सच्याएर जान पनि सकिन्छ ।’

चिकित्सा विधेयकमा डा. गोविन्द केसीको पनि योगदान भएकाले अनशन तोड्न आग्रह गर्दैै उहाँसँग भएको सम्झौताअनुसार नै विधेयक पारित भएको स्पष्ट पार्नु भयो । यो समाचार गोरखापत्रमा  छ ।