रुकममा मदिरा व्यवसायका लागि १ अर्ब लगानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

रुकममा मदिरा व्यवसायका लागि १ अर्ब लगानी

madira

रुकुम, १४ माघ ।  रुकुमको मदिरा व्यवसायीमा ठुलो मात्रामा लगानी गरिएको पाइएको छ । मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अनुसार जिल्लामा १ अर्ब बढीको मदिरा व्यवसायीमा लगानी गरेको बताइएको छ ।

मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष नवीन खड्काका अनुसार जिल्लामा ७ सय २५ जना व्यापारीले मदिरा व्यवसायीका लागि अनुमति दिएका छन् । जसमा १५ वटा आधिकारी बिक्रेता छन् भने ५० वटा होलसेल व्यापारी छन् । यी ५० वटा रुकुमका भ्याट कारोबारी हुन भने अन्य पाना नम्बर लिएर मात्र व्यवसाय गर्दै आएका छन् ।

‘पछिल्लो समयमा मदिरा व्यवसाय छोडेरपनि यस व्यवसायमा लागेका धेरै छन्,’ संघका अध्यक्ष खड्काले भने, ‘उदारो नदिएर नगतमा कारोबार गर्ने हो भने फाइदामूलक व्यापार पनि राम्रै छ ।’ याे समाचार  काराेबार दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);