आमरण अनसन फिर्ता लिन डा. केसीलाई मन्त्री पोखरेलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १ २०८१, शनिबार

आमरण अनसन फिर्ता लिन डा. केसीलाई मन्त्री पोखरेलको आग्रह

girirajmani pokharel

काठमाडौं, १३ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आमरण अनसन फिर्ता लिन डा. गोविन्द केसीलाई आग्रह गरेका छन् । मन्त्री पोखरेलले डा. केसीको जीवन रक्षाको प्रश्न सरकारमाथि मात्रै नतेर्स्याउन पनि अपिल गरेका छन् । डा. केसी वरीपरि बसेकाहरुले पनि उनको जीवन रक्षाका लागि पहल गर्नुपर्ने जिम्मेवारी रहेको मन्त्री पोखरेलको भनाई छ ।

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको बाटोबाटै पारित गराउने विषयमा डा. केसीको पनि सहमति रहेको उल्लेख गर्दै त्यसलाई कार्यान्वयनमा लैजाने वातावरण बनाउन सबैलाई पहल गर्न आग्रह गरे ।

उनले चिकित्सा क्षेत्रको सुधारकै लागि सो विधेयक प्रतिनिधिसभाबाट पारित गराएकाले त्यसमा डा. केसीले चित्त दुःखाउनुपर्ने कुनै कारण नरहेको मन्त्री पोखरेलको तर्क छ । उनले डा. केसीले राजनीतिक मुद्दा उठाएर आफ्नो उचाई घटाएको आरोप पनि लगाए ।

आईतबार काठमाडाैंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकारको राजीनामा माग्ने लगायतको विज्ञप्ती जारी गरेर डा. केसीले आफ्नो उचाई घटाएको बताए ।

मन्त्री पोखरेलले फागुन महिना भित्र राष्ट्रिय शिक्षा नीति बनाईसक्ने घोषणा गरे । राष्ट्रिय शिक्षा नीति र सोसँग सम्बन्धित ऐन निर्माणको काममा सहयोग गर्न पनि सरोकारवाला निकायलाई मन्त्री पोखरेलको आग्रह छ । मन्त्री पोखरेलले शिक्षा विकासको पूर्वाधारको पनि पूर्वाधार भएकाले यस क्षेत्रको सुधारमा सरकार प्रतिवद्ध भएर लागि परेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);