डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक आन्दोलनमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक आन्दोलनमा

काठमाडौं, १३ माघ । चिकित्सकहरुले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा को माग गर्दै काठमाडौंमा र्‍याली निकालेका छन् । महाराजगंजस्थित शिक्षण अस्पतालका आवासीय चिकित्सकहरुले डा. केसीको जीवन रक्षा गर्न सरकारलाई दवाव दिन र्‍यालीसहितको सडक आन्दोलन सुरु गरेका हुन् । त्यसक्रममा उनीहरुले डा. केसीको जनतामुखि माग सम्बोधन गर्न सरकारलाई दवाव दिँदै नाराबाजी पनि गरेका थिए।

जनताको पक्षमा मेडिकल शिक्षा हुनुपर्ने माग गर्दै अनसनरत डा. केसीको जीवन रक्षाको माग गर्दै सरकारविरुद्ध आन्दोलन गर्नु परेको आवासीय चिकित्सक सुमित पाण्डेले बताए । शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुले डा. केसीको माग सम्बोधन गर्न दवाव दिन सोमबारबाट अस्पताल परिसरमै रिले अनसन पनि सुरु गर्ने भएका छन् ।

उनीहरुले डा. केसीको माग सम्बोधन नगरे अस्पतालको सबै सेवा ठप्प पारेर आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएका छन् । चिकित्सा क्षेत्र सुधारका लागि माग गर्दै डा. केसीले १६ औं आमरण अनसन बसेको १९ औं दिन पुगिसक्दा पनि सरकारले वास्ता नगरेकोमा आवासीय चिकित्सकहरुको गुनासो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);