‘साइबर रेप’को पासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

‘साइबर रेप’को पासो

cyber-crime

काठमाडौं, १२ माघ । सामाजिक सञ्जालमार्फत अपरिचितसँग साथी बन्ने, प्रेमसम्बन्ध गाँस्ने र यौन सम्बन्धसम्म पुग्ने त चलेकै थियो । गोप्य सम्बन्धमा रहँदाको तस्बिर र भिडियो खिचेर मानसिक यातना दिने र बाध्यात्मक परिस्थिति सिर्जना गरी ‘ब्ल्याकमेल’ गर्ने प्रवृत्तिसमेत हुर्कंदै गएको देखिएको छ ।

अश्लील तस्बिर र भिडियो देखाएर ‘ब्ल्याकमेल’ गर्नेविरुद्ध केही किशोरीहरूले ‘साइबर क्राइम’ उजुरी दर्ता गरेका छन् । यसरी दर्ता भएका कैयन उजुरी अनुसन्धानका क्रममा जबर्जस्ती करणी मुद्दामा रूपान्तरण भएका छन् ।

यिनमा धेरैजसो पीडित १८ वर्षमुनिका देखिन्छन् । यस्तो अवस्थामा प्रहरीले गत भदौ १ देखि लागू फौजदारी अपराध संहिताको व्याख्याअनुसार थप सजाय गर्ने गरेको देखिन्छ । अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसुर खण्डमा अठार वर्षमाथिकी महिलामाथि जबर्जस्ती करणी भए पीडकलाई सातदेखि दस वर्षसम्म र पीडित १८ वर्षभन्दा कम भए १० देखि १२ वर्षसम्म सजायको व्यवस्था छ ।

प्रहरी परिसर काठमाडौंमा दर्ता साइबर अपराधसम्बन्धी तथ्यांक केलाउँदा यस्तो प्रवृत्ति भुसको आगोजसरी सल्किरहेको देखिन्छ । २०७२/७३ मा ३२ वटा र २०७३/७४ मा साइबर अपराधका २५ वटा उजुरी दर्ता भएका थिए । यिनको संख्या २०७४/७५ मा दोब्बरभन्दा धेरै अर्थात् ८१ पुगेको छ । यस आर्थिक वर्षको पुससम्म ७४ उजुरी परेका छन् । वर्षको अन्त्यसम्म पुग्दा यो आँकडाले अघिल्लो वर्षलाई उछिन्ने प्रहरी परिसर काठमाडौंका अधिकारीहरू सहजै अनुमान गर्छन् ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);