नेपाल युएईसँग तीन विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

नेपाल युएईसँग तीन विकेटले पराजित

nepal vs uae-odi

काठमाडौं, ११ माघ । एक दिवसीय अन्तराष्ट्रिय क्रिकेटको पहिलो खेलमा नेपाल युएईसँग तीन विकेटले पराजित भएको छ । हारसंगै तीन एकदिवसीय श्रृङ्खलामा नेपाल १-० ले पछि परेको छ । शुक्रवार युएईमा भएको खेलमा नेपालले दिएको १ सय १४ रनको सामान्य लक्ष्य युएईले ३२ दशमलव १ ओभरमा सात विकेटको क्षतिमा पूरा गर्यो ।

युएईका लागि घुलाम शब्बेरले ३०, सैमन अन्वारले ११, मोहम्मद उस्मन ६, अष्फाक अहमद पाँच, चिराग सुरीले चार र फाहाद नवाजले दुई रन बनाएर आउट भए ।

नेपालका लागि सन्दीप लामिछाने, करण केसी र कप्तान पारस खड्काले समान २–२ विकेट लिए पनि जित दिलाउन भने सकेनन् । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

युएईको जितमा अमिर हायत र इम्रन हैडरले राम्रो प्रदर्शन गरे । २० ओभरको समाप्तिमा सात विकेट गुमाएर ७५ रन बनाएको युएईका लागि यी दुई खेलाडीले उकासेका थिए ।

हायत २४ र हैडर २८ रनमा अविजित रहे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३३दशमलव ५ ओभरमा सबै विकेटको क्षतिमा १ सय १३ रन बनाएको थियो ।