दूर संचार पूर्वाधार कम्पनी गठन गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

दूर संचार पूर्वाधार कम्पनी गठन गर्ने सरकारको तयारी

mantri baskota

काठमाडौं, ११ माघ । सरकारले ‘दूर संचार पूर्वाधार कम्पनी’ गठन गर्ने तयारी गरेको जनाएको छ । सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दूर संचार क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित बनाउन सरकारले छुट्टै ‘दूर संचार पूर्वाधार कम्पनी’ गठन गर्ने कामलाई अघि बढाएको जानकारी दिए ।

शुक्रबार संघीय संसद अन्तरगतको अर्थ समितिको बैठकमा मन्त्रालयको भावी कार्ययोजनाबारे जानकारी गराउँदै उनले दूर संचार क्षेत्रको पूर्वाधार निर्माणको एउटै काममा थुप्रै बजेट खर्च हुने गरेको उल्लेख गर्दै त्यसलाई सदुपयोग गरेर अघि बढन छुट्टै कम्पनी बनाउने तयारीमा सरकार लागेको उल्लेख गरे ।

मन्त्री बास्कोटाले सो कम्पनी नेपाल टेलिकमको मातहतमा रहने र त्यसले विस्तार गर्ने फाईबर, टावरलगायतका काममा निजी क्षेत्रका दूर संचार सेवा प्रदायक संस्थाहरुले लगानी गर्ने कानुनी व्यवस्था गर्ने योजना रहेको उल्लेख गरे । थोरै लगानीमा धेरै प्रतिफल दिने भएकाले पनि सो कम्पनी सरकार र निजी क्षेत्र दुवैका लागि फाईदाजनक हुने मन्त्री बास्कोटाको दावी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);