वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १४ २०८३, सोमबार

वाइडबडी विमान खरिदमा भएको घोटलाको छानबिन अख्यियारले गर्ने

wide body plane

काठमाडौं, ११ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको दुई वटा वाइडबडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ । प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत  अनुसन्धान गर्ने निर्यण  भएको अख्तियार स्रोतले जनाएको छ ।

‘यसै साता आयोगको बैठकले वाइडबडी जहाज खरिद प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ,’ अनुसन्धान अधिकृतहरुसमेत तोकेर काम अघि बढिसकेको छ,’ अधिकृत उच्च स्रोले भन्यो, ‘नेपाल वायुससेवा निगमबाट केही फाइल मगाइएको छ । त्सको अध्ययनपछि खरिच प्रक्रियामा संलग्नमाथि बयानसमेत सुरु हुनेछ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन् ।

ताजा समाचार