नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक छलफल यही हप्ताबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक छलफल यही हप्ताबाट सुरु

sashi

काठमाडौं, ८ माघ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफल यही हप्ताबाट सुरु गर्ने भएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले सो विधेयकमा पीडित पक्ष र सम्बन्धित निकायको राय, सुझाव लिइएको उल्लेख गर्दै यही हप्ताबाटै दफावार छलफलको काम सुरु गर्ने जानकारी दिएका हुन् । उनले नागरिकताजस्तो संवेदनशील विषय भएकाले सो विधेयकमा सरोकारवाला निकायसँग गहन छलफल गर्नु परेको पनि स्पष्ट पारे ।

समितिले गैरनागरिकले नागरिकता नपाउने गरी सो विधेयक सुझावसहित पारित गर्ने पनि स्पष्ट पारेको छ । विधेयकमा संशोधन प्रस्ताव राख्दै समितिका सदस्यहरुले नेपाली नागरिकता लिने गैर नागरिकको छानवीन गरी कडा कार्वाही गर्नुपर्ने माग राखेका छन् । त्यसैगरी विधेयकमा गैर आवासीय नेपालीहरुको नागरिकता वितरणसम्बन्धि प्रावधान, तेस्रो लिंगीहरुको नागरिकतासम्बन्धि समस्या समाधानका विषयमा पनि समितिले सरोकारवाल निकायसँग छलफल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);