खोरमा थुनिएकी महिलाले पाइन् पुनर्जीवन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

खोरमा थुनिएकी महिलाले पाइन् पुनर्जीवन

ramila tamang-khor ma tuniyeki

खोटाङ, ८ माघ । मानसिक समस्या भएकै कारण खोरमा थुनिनु परेकी खोटाङकी एक महिला उपचारपछि निको भएकी छन्। मानसिक समस्याबाट पीडित दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीकी ३३ वर्षीया रमिला तामाङ महिना दिनको उपचारपछि ठीक भएकी हुन्।

मानसिक सन्तुलन ठीक नभएपछि परिवारले खोरमा थुनेर राखेका रमिलालाई गाउँपालिका प्रमुख भूपेन्द्र राईको पहलमा गत पुस ६ गते ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालमा भर्ना गरिएको थियो। उनको स्वास्थ्यमा सुधार आएपछि सोमबार डिस्चार्ज भएकी छन्। केही महिनादेखि पशुलाई सरह खोरमा थुनेर राखिएकी रमिलालाई पुस ३ गते खोरबाट उद्धार गरी उपचारका लागि काठमाडौं लगिएको थियो।

अस्पताल पुर्‍याउन तत्काल १० हजार रुपैयाँ उपलब्ध गराएका गाउँपालिका प्रमुख राईले रमिलाको उपचारमा लागेका सबै खर्च व्यक्तिगत रूपमा आफैंले बेहोर्ने बताएका छन्। ‘तीनपटक गरी रमिलालाई अहिलेसम्म व्यक्तिगत ३३ हजार रुपैयाँ दिइसकेको छु,’ गाउँपालिका प्रमुख राईले भने, ‘उपचारका क्रममा लागेका सम्पूर्ण खर्च म आफैं बेहोर्छु।’ लागेको खर्चको हिसाब पीडित परिवारले देखाएपछि बाँकी रकम आफूले तिरिदिने उनले बताए।

रमिलाको मानसिक स्वास्थ्यमा सुधार आएपछि अहिले उनको परिवारमा खुसीयाली छाएको छ। उपचारपछि रमिलाको मानसिक अवस्थामा पूरै सुधार आएको उनका श्रीमान मनिकुमार तामाङले बताए। ‘करिब ६० हजार खर्च भएको छ,’ उनले भने, ‘तर नियमित औषधि खानुपर्ने भएको छ। डाक्टरले तीन महिनापछि जाँच्न आउनू भनेका छन्।’ तामाङ दम्पतिका एक छोरी र एक छोरा छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);