काठमाडौं, ६ माघ । सरकारको काम-कारवाहीलाई लिएर जनतामा देखिएको असन्तुष्टि कस्तो छ भन्ने प्रश्नमा नेता नेपालले असन्तुष्टि छ कि असन्तुष्टि छ भन्ने प्रचार ज्यादा भएको भन्ने बताए । नेता नेपालले यदि जनताका असन्तुष्टि जायज छन् भने त्यो सुन्ने पर्ने र उचित सुझावहरुलाई ग्रहण गर्नुपर्ने बताए । उनले यदि यो कुराहरु प्रतिपक्षी दलको तर्फ बाट आएको भए, प्रतिपक्षीले जति गरे पनि देख्दैन र यसमा आफ्नो केहि भन्ने नभएको बताए । नेता नेपालले प्रतिपक्षले अहिलेसम्म राम्रो काम नगरेको र सबै काम बिगारेको बताए ।
अर्को प्रसंग वाइडबडीको विषयमा बोल्दै नेपालले सत्य तथ्य खोतलेर, जो जो दोषी छन् उनीहरुलाई दण्डित गर्ने पर्छ भन्ने बताए । र निर्मला पन्तको हत्यारालाई सरकारले न लुकाएको तर सरकारबाट केहि कमजोरी भएको स्वीकार गरे । उनले प्रमाण नस्ट गर्ने काममा प्रहरीनै सक्रिय छ भने प्रहरी प्रमुखलाई त्यसको जिम्मेबार बनाउनु पर्ने बताउदै सबैभन्दा पहिले प्रहरी प्रमुखलाई कडी कडाईका साथ बयान लिनुपर्ने बताए ।
यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘राजनीति’मा कार्यक्रम प्रस्तोता मन्जु कार्कीले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसंग गरेको कुराकानी हेर्नुहोस :




