काठमाडौं, ६ माघ । विश्वभर पारमाणविक भट्टी स्थापना र सञ्चालनलाई निरुत्साहित गर्ने अभियान चलिरहेको बेला नेपालले भने भट्टी स्थापनाको इजाजत दिने बाटोमा अघि बढेको छ ।
सरकारले संघीय संसदमा ‘पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूण प्रयोग गर्ने सम्बन्धी बनेको विधेयक – २०७५’ दर्ता गराएसँगै पारमाणविक भट्टी स्थापनाका लागि कानुनी बाटो खुला हुन लागेको हो ।
हालसम्म नेपालमा कानुन नबनाएका कारण पारमाणविक भट्टी र रेडियोधर्मी पदार्थको स्थापना, उत्पादन, ओसारपोसार र आयतमा समस्या पर्दै आएकाले विधेयक ल्याउनु परेको सरकारी अधिकारी बतााउछन् । यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।