काठमाडौँ, १४ भदौ । एन आइसी एसिया बैंकले भृकुटीमण्डपमा जारी नाडा अटो शो मा ग्राहकहरुको सुविधाका लागि तुरुन्तै कर्जा स्विकृत गर्ने व्यवस्था गरेको छ ।
बैंकले व्यक्तिगत तथा व्यवसायिक दुवै प्रयोजनका लागि खरिद गरिने गाडीमा ७ वर्ष सम्मको लागि आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने व्यवस्था गरेको हो । ग्राहकको सुविधाका लागि कर्जामा प्रशासनिक शुल्क समेत नलिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानले जानकारी दिएका छन् ।
साथै बैंकले कर्जाको लागि आवेदन दिने ग्राहकलाई निशुल्क रुपमा १ लाख रुपैंयासम्मका क्रेडिट कार्ड सुविधा दिने व्यवस्था पनि गरेको छ ।




