एजेन्सी, १४ भदौ । अमेरिकाको टेक्सास प्रान्तको हस्टन शहरमा रातीको समयमा कर्फ्यु जारी गर्ने घोषणा गरिएको छ । सामुद्रिक आँधी हार्वेबाट प्रभावित सो शहरमा आज देखि कर्फ्यु लागू हुने बीबीसीले जनाएको छ ।
आधीँका कारण अहिलेसम्म कै ठुलो वर्षा भएकोले हस्टनका ठुला भुभाग अहिले पानीमुनी रहेका छन् । उक्त आँधीले लाखौँ घरमा क्षति पुर्याएको छ भने २० जना बढीको मृत्यु भईसकेको छ ।
त्यहाँका गभर्नर सिलस्टर टर्नरका अनुसार लुटपाट बृद्धि भएको कारण टेक्सास प्रान्तमा रहेको हस्टन शहरमा कर्फ्यु लागू गर्नुपरेको हो ।
राष्ट्रपति ट्रम्पले मंगलबार टेक्सासका क्षति भएको भागमा निरिक्षण गरेका थिए ।
उनले आपाराधिक क्रियाकलापलाई कम गर्न कर्फ्यु लागाउन परेको बताएका छन् ।
टेक्सासमा अप्रत्यासित रुपमा आएको बाढीका कारण कैयौँ नागरिक बिस्थापित भएका थिए ।