भूगोल अध्ययन गरेर मात्रै भूमि ब्यवस्था सम्बन्धि नीति बनाउन सांसदहरुको माग | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

भूगोल अध्ययन गरेर मात्रै भूमि ब्यवस्था सम्बन्धि नीति बनाउन सांसदहरुको माग

byawasthapan samiti baithak

काठमाडौं, ३ माघ । राष्ट्रियसभाका सांसदहरुले भूगोल अध्ययन गरेर मात्रै भूमि व्यवस्थापनसम्बन्धि आवश्यक नीति बनाउन सरकारसँग माग गरेका छन्।

संघीय संसदको विधायन व्यवस्थापन समितिको बिहीबारको बैठक भूमि व्यवस्थासम्बन्धि कानुन कार्यान्वयनका विषयमा भएको छलफलमा राष्ट्रियसभाकी सांसद यूटोल तामाङले हिमाल, पहाड र तराईमा छुट्टाछुट्टै भूमि व्यवस्थासम्बन्धि नीति ल्याउन सरकारसँग माग गर्नु भएको हो । उनले हिमाल, पहाड र तराईमा जमिनको चक्लाबन्दी नै फरक–फरक हुने भएकाले सो सम्बन्धि नीति पनि फरक–फरक हुनुपर्ने बताए ।

समितिका अर्का सदस्य एवम् राष्ट्रियसभाका सांसद ठगेन्द्रप्रकाश पुरीले संविधान अनुकूल हुनेगरी भूमि सम्बन्धि नीति संशोधन गर्न ढिलाई नगर्न सरकारको ध्यानमकर्णण गराए ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालील भूगोलको अध्ययन गरेरै भूमि सम्बन्धि नीति बनाउने प्रतिवद्धता जनाएका थिए ।

सचिव मैनालीले भूमिहिन किसानलाई वितरण गर्ने जमिनको तथ्यांक संकलन भईरहेको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);