सान्जेजलाई खरिद गर्ने मान्चेस्टर सिटीको चाहना अधुरो | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

एजेन्सी, १४ भदौ । आर्सनलले ५० मिलियनमा एलेक्सिस सान्चेज खरिद गर्ने प्रस्तावलाई अस्वीकार गरेपछि मान्चेस्टर सिटीको सान्जेजलाई आफ्नो क्लबबाट खेलाउने चाहना अधुरो भएको छ ।

२८ वर्षिय खेलाडी सान्जेजले गएको सिजनको प्रिमिएर लिगमा २४ गोल गरेका थिए । उनी सिटीका म्यानेजर पेप लागि खेल्न चाहेको जिकिर गरेका छन् ।

 

आर्सनलमा आफ्नो व्यत्तिगत कारणले खुशी हुन नसकेको र ट्रान्सफर विन्डो सकिनु अघि नै उनी क्लब छाड्न चाहेका थिए ।

 

सिटीका प्रस्ताव सान्जेजको लागि नकारे पनि सिटीका फर्वाड खेलाडी स्टलिङलाई क्लबमा अनुबन्ध गर्ने पक्षमा भने सकरात्मक आर्सनल रहेको छ ।


इग्ंल्यान्डका २२ वर्षीय फर्वाड खेलाडी स्टर्लिङ यो सिजनमा मुस्किलले तीन खेल खेलेका थिए ।

 

बीबीसीका अनुसार स्टर्लिङ लण्डन फर्किन चाहन्छन् र सान्जिजको सट्टामा खेल्न चाहन्छन् ।