प्रधानसेनापति थापालाई भारतको मानार्थ सेनापतिको दर्ज्यानी प्रदान | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

प्रधानसेनापति थापालाई भारतको मानार्थ सेनापतिको दर्ज्यानी प्रदान

काठमाडौं, २८ पुस । प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतको मानार्थ सेनापतिको दर्ज्यानी चिन्ह पाएका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधानसेनापति थापालाई भारतीय स्थल सेनाको मानार्थ सेनापतिको दर्ज्यानी प्रदान गरेका हुन् ।

नेपाल र भारतबीच सेनाप्रमुखलाई मानार्थ सेनापति उपाधि दिने परम्परा अनुसार नै थापालाई उक्त सम्मान दिइएको हो । भदौको अन्तिम साता भारतले पुनेमा गरेको विमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यासमा नेपालले अन्तिम समयमा सहभागी नहुने निर्णय गरेपछि नेपाल र भारतको उच्च राजनीतिक तहदेखि सैन्य स्तरमा पनि अविश्वास सिर्जना हुन पुगेको थियो ।

यस्तो अवस्थामा प्रधानसेनापति थापाको भारत भ्रमणलाई दुई मुलुकबीचको सैन्य सम्बन्ध सुधारका हिसाबले विशेष चासोका साथ हेरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);