राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिन राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिन राप्रपाको माग

kamal thapa

काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘राष्ट्रिय एकता दिवस’मा सार्वजनिक विदा दिन सरकारसमक्ष माग गरेका छन् । अध्यक्ष थापाले पुस २७ गते पृथ्वी जयन्तिको अवसर पारेर मनाईने ‘राष्ट्रिय एकता दिवस’मा सार्वजनिक विदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिएका छन् ।

उनले नेपाल एकीकरणको काम गरेका पृथ्वी नारायण शाहको योगदानको सम्मान गर्न पनि सरकारले राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ मनाउनुपर्ने आवश्यक्ता औंल्याए ।

बिहीबार २ सय ९७ औं पृथ्वी जयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहलाई सरकारले राजनीतिक व्यवस्थाको नजरले हेर्न नहुने पनि स्पष्ट पारे । सरकारले राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा कटौति गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आपत्ति छ ।

अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र कायम राख्न आगामी फागुन ७ गतेबाट पार्टीले देशव्यापी आन्दोलनको कार्यक्रमनै तय गर्नु परेको पनि स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);