डडेल्धुरामा दश दिनमा ४ पटक आगलागी, १० वटा पसल जलेर नष्ट | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

डडेल्धुरामा दश दिनमा ४ पटक आगलागी, १० वटा पसल जलेर नष्ट

AAGOLAGI

बिमल जैरु

डडेल्धुरा, २४ पुस । दश दिनको अवधीमा डडेल्धुरा जिल्ला सदरमुकाम मात्र ४ वटा आगलागीका घट्ना भएका छन् । बजारमा लगातार रुपमा एउटै प्रकृतीका आगलागीका घट्ना भएपछि प्रहरीले शंकास्पद १ जनालाई नियन्त्रणमा समेत लिएको छ ।

गत शुक्रवार, बुधवार र विहीवार गरी डडेल्धुराको सदरमुकाम, बागबजारमा आगलागी भयो । तीन वटा आगलागीमा लाखौको क्षति भयो भने ५ वटा पसल जलेर नष्ट भयो । त्यसैगरी, सोमवार पनि अमरगढी स्थित बसपार्कमा आगलागी भयो । आगलागीमा १० वटा पसल जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।

यसरी १० दिनको अवधीमा डडेल्धुरामा ४ पटकसम्म आगलागी भएपछि स्थानीय व्यापारीहरु अहिले आक्रोसित भएका छन् । उनीहरुले लगातार रुपमा आगलागी भएपनि प्रशासनले कुनै चासो नदिएको भन्दै सोमवार बजार समेत बन्द गराए ।

यता, जिल्ला प्रशासन कार्यालय डडेल्धुराले छानविन शुरु गरेको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले शंकास्पद एकजनालाई नियन्त्रणमा लिएको र रातको समयमा प्रहरीको गस्ती बढाईएको जानकारी दिए ।

१० वर्षको अवधीमा डडेल्धुरा सदरमुकाम वागवजारमा मात्रै ९ वटा आगलागीका घटना भईसकेका छन् । यस्ता आगलागी मध्ये कतिपय मानविय त्रुटीका कारणले हुने गरेकाले सचेत हुन प्रशासनले सर्वसाधरलाई आग्रह समेत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);