काठमाडौं, २३ पुस । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ ।
पश्चिमबाट भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका क्षेत्रमा पानी परेको मौसमविदले बताएका छन् ।
पश्चिम क्षेत्र हुँदै हल्का पानी पर्ने क्रम मध्य क्षेत्रमा आएको हो । अहिले मध्य र पश्चिमका धेरै क्षेत्रमा हल्का पानी परेको छ । दिउँसो पूर्वका क्षेत्रमा पनि पानी पर्ने सम्भावना छ । सोमबार दिनभर देशभरको मौसम बदली हुने र हल्का पानी पर्ने छ ।
यस्तै काठमाडौं उपत्यका आसपासका क्षेत्रमा हल्का हिउँ पनि परेको छ । फुलचोकी आसपासका क्षेत्र, दामन, कालिञ्चोकआसपासका क्षेत्रसहितका ठाउँमा हल्का हिउँ परेको मौसमविदले बताएका छन् ।